प्रियंकाजी ! एउटै प्रकारको फिल्म खेलेर भने थाक्नुभएको छैन ?

अभिनेत्री प्रियंका कार्कीलाई एउटै प्रकारको गीत, एउटै प्रकारको कोरियोग्राफी, उस्तै सोच भएका भिडियो खेल्दा खेल्दै थकित भएको महशुश बल्ल हुन थालेछ । भयो पनि कस्तो बेलामा, धेरै  भिडियो खेलेर फिल्मबाट दर्शकको विश्वास नै उडिसकेपछि ।

अहिले त फिल्ममा प्रियंकालाई दर्शकले मात्र होइन फिल्मकर्मीले पनि पत्याउन छाडेका छन् । उनले यति धेरै भिडियो खेलिदिइन् कि, अहिले उनको गीत गाउँदा दर्शकलाई भिडियोको हो कि फिल्मको भन्ने नै पत्तो हुँदैन ।

प्रियंका कार्कीलाई बल्ल एउटै प्रकारको भिडियो खेलेको भन्ने थाहा भएछ । यसरी थाहा पहिले नै भैदिएको भए बलिरहेको करिअर निभ्ने बाटोमा लाग्ने थिएन होला ।

प्रियंकालाई भिडियोमा उस्तै कोरियोग्राफी, उस्तै सोच खेलेर थकित भएको महशुश त भयो । तर, फिल्ममा अझै पनि उनलाई यो महशुश भएको छैन ।

नेपाली फिल्ममा थोरै अवधी नम्बर १ बनेकी प्रियंकाले आफूलाई कहिले पनि फरक भूमिकामा प्रस्तुत गर्ने कोशिश नै गरिनन् । जस्तो भूमिका आएपनि खेलिदिएर उनले आफूलाई यति धेरै सस्तो बनाइदिइन् कि, इन्स्टामा उनलाई पछ्याउने दर्शक पनि हलसम्म पुगेनन् ।

प्रियंकाजी, अब त उस्तै फिल्म खेलेर पनि थाक्नुहोस् न । अनी, केही नयाँ प्रयास गर्नुहोस् । उमेर र क्रेज घर्किएपछि फर्किदैन है ।