निशु महर्जन बनिन् ‘नर्सिङ आईडल २०१९’

‘अमाजोन ईन्टरटेन्मेन्ट’ ले आयोजना गरेको ब्युटी प्याजेन्ट ‘नर्सिङ आईडल २०१९’ को दोश्रो संस्करणको उपाधि स्वास्थ्य परिचारिका निशु महर्जनले जितेकी छन् । उनले अन्य  १६ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । बिजेता महर्जनले उपाधिको साथमा  मस्ट पपुलर , पब्लिक चईस तथा मस्ट एट्राक्टिभको उपाधि पनि प्राप्त गरिन् ।  साथमा बिभिन्न गिफ्टह्याम्परका साथै थाइल्याण्ड घुम्न जाने अबसर उपहार स्वरुप प्राप्त गरिन् । अमेजन ईन्टरटेन्मेन्टले बिहीवार राजधानीको राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगीतामा फष्ट रनरअफ देनुषा घर्ति मगर र सेकेन्ड रनरअफ सुष्मा थापा घोषित भईन । फष्टरनर अफ देनुषाले मस्ट कन्फ़िडेन्स र सेकेन्ड रनरअप सुष्माले बेस्ट फोटोजेनिक  उपाधिका साथमा बिभिन्न उपहार जिते ।

बिभिन्न उप शिर्षकमा बेस्ट पर्सनालिटी रबिया नगरकोटी, बेस्ट डिसिप्लिन अमृता मैनाली, मस्ट एक्टीभ अर्चना श्रेष्ठ, मस्ट ईनर्जेटीभ सजु पौडेल, मस्ट ईण्टलिजिन्ट ज्योति शाह, बेस्ट ट्यालेण्ट सिमा छेत्री, मस्ट चार्मिंग कृतिमा प्रजापति, मस्ट स्मार्ट अश्मी  श्रेष्ठ घोसित भए ।

नेपाली फिल्मकी चर्चित नायिका पुजा चन्द प्रमुख निर्णायक रहेकी थिईन । कार्यक्रममा मोडल , नायक दिकपाल कार्की,  कस्मेटिक  डा। रेखा थापा , मिस्टर ह्याण्डसम बिजेता मिलन रेग्मी निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी थिईन भने कार्यक्रमको संचालन रोजिन शाक्यले गरेका थिए ।