फिल्म ‘आरुसी’को पहिलो गीत सार्वजनिक

फिल्म ‘आरुसी’ को पहिलो गीत सार्वजनिक भएको छ । गीतमा डेव्यु नायक इशक राई र नायिका कला राई फिचर्ड छन् । ‘मरे भने मरेको पल’ बोलको गीतमा दीपक लिम्बु र अन्नु चौधरीको स्वर रहेको छ । दिनेश राउतको शब्दमा तारा प्रकाश लिम्बु संगीतबद्ध गीतमा दीनेश पाख्रिनको कोरियोग्राफी हेर्न सकिन्छ । विक्रम डिसीले छायांकन गरेको चलचित्रलाई सुजन बडालले सम्पादन गरेका हुन् ।

गणपति फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई उदय सुब्बाले निर्देशन गरेका हुन् । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्मलाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा इशक र कलाको अलवा रमा लिम्बु, सुनिल थापा, सुरविर पन्डित, दमन रुपाखेती, विरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहेको छ ।