सालैजो भाका ‘तिम्लाई देखी भा छु म के गर्ने’

गायक भिम ज्वलन्त योगी र गायिका भिमा लामिछाने मगरको आवाजमा सालैजो भाकामा आधारित गीत ‘तिम्लाई देखी भाछु म के गर्ने’ सार्वजनिक भएको छ । संगीत प्रेमी बावु क्षेत्रीको शब्द तथा कुशल क्षेत्रीको लय सिर्जनामा गीत तयार गरिएको छ । नरेश चैसिरको छायाँकन, मनोज कार्कीको सम्पादन, मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा आयुष्मा कार्की र आयुश क्षेत्रीको अभिनय रहेको छ ।