बाबु बन्दै गायक जस्टिन

गायक जस्टिन बिबर कहिले विवाहका कारणले त कहिले श्रीमतीसँगको झगडाको खबरले मिडियामा छाउने गरेका छन् । तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ । यसबारे जस्टिनले इन्स्टाग्राममा लामो पोस्ट गरेर बाबु बन्न लागेको संकेत दिएका हुन् ।

उनकी पत्नी हैली वाल्डविन गर्भवती छिन् । जस्टिनले पोस्टमा आफ्नो निजी जीवनको अनुभव र तनावमा चलिरहेको दिन चर्याबारे बताएका छन् । साथै, उनले राम्रो श्रीमान र पिताले निभाउनुपर्ने जिम्मेवारीको पनि कुरा गरेका छन् । जस्टिनको त्यही पोस्टका कारण हैली गर्भवती भएको हल्ला चलेको हो । उनले भनेका छन्, ‘म मेरो विवाह सम्हाल्न सक्षम छु र पिता बन्न पनि । म त्यो चाहन्छु पनि ।’ उनीहरूले गत वर्ष विवाह गरेका हुन् । हैली अमेरिकी मोडल हुन् ।