चैत २१मा सानो संसार, लुट र छक्का पन्जा ३ पुनः प्रदर्शन

फिल्म प्रदर्शक तथा वितरकहरुको संस्था चलचित्र संघले सानो संसार , लुट र छक्का पञ्जा ३ पुनः प्रदर्शन गर्ने भएको छ । संघले एक विज्ञप्ति जारि गर्दै आउँदो चैत्र २१ गते सानो संसार , लुट र छक्का पञ्जा २ प्रदर्शन गर्दै ‘एक दिवसिय चलचित्र उत्सव’ आयोजना गर्ने भएको छ । कमलपोखरी स्थित क्युएफएक्स कुमारीमा तिनै फिल्म फरक फरक समयमा प्रदर्शन हुनेछ ।

सानो संसारलाई आलोक नेम्वाङले निर्देशन गरेका थिए । फिल्ममा विनय श्रेष्ठ , नम्रता श्रेष्ठ र कर्माको अभिनय रहेको छ । कागबेनीपछि डिजिटल प्रविधिमा बनेको यो दोस्रो फिल्म हो । यसैगरी निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट’ ले नेपाली फिल्म मेकिंगमा कायापलट नै गरेको थियो । फिल्ममा सौगात मल्ल , कर्मा , दयाहाङ राइ , सुशील राज पाण्डे र प्रतिकराज न्यौपाने लगायतको अभिनय रहेको छ ।

यसैगरी छक्का पञ्जा सिरिजलाई फिल्ममा सबै भन्दा बढी ब्यापार गर्ने सिरिजको रुपमा लिइन्छ । दीपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जा ३ मा दीपकराज गिरी , दीपिका प्रसाईं , केदार घिमिरे , जितु नेपाल , शिवहरि पौडेल लगायतको अभिनय रहेको छ ।