नम्रताको सफलता शुत्र यही हो त ?

अभिनेत्री नम्रता श्रेष्ठको जिन्दगीमा घटेको एक घटना अहिले सेलाएको छ । नम्रताले आफूलाई फेरि फिल्मको बाटोमा ल्याइसकेकी छिन् । नेपाली फिल्ममा अहिले उनी भर्सटायल अभिनय गर्ने अभिनेत्री बनिसकेकी छिन् ।

नम्रता श्रेष्ठको जिन्दगीमा धेरै काला छायाहरु परेका छन् । यस्ता छायाले घेरिएर उनको जिन्दगी डिप्रेशनमा पनि नपुगेको होइन ।

तर, उनले हारलाई हार नमानेको वुझ्न सहज छ । नम्रताले लेखेको एउटा स्टाटसले पनि यही कुरा देखाउँछ ।

नम्रताले जब तिमी चारैतिरबाट छाया नै छायामा घेरिन्छौ, त्यसमा पनि उज्यालो देख्न सक्नुपर्छ भनेर उल्लेख गरेकी छिन् ।

नम्रताले कालो छायाको विचमा पनि उज्यालो देखेरै यहाँसम्म आइपुगेकी हुन् त ? नम्रताको कुराले यही कुरा बोल्छ ।