टंकले लेख्न जानेनन् कि बसन्तले उल्टो वुझे ?

- मेराेफिल्म

अहिले संगीतकार, गायक, गायिकाको पनि आफ्नै युटुब च्यानल छ । युटुब च्यानलमा कुन गीत भाइरल हुन्छ र कसरी भाइरल गराउने भनेर ठूलो सोचमा देखिन्छन् उनीहरु ।

संगीतकार बसन्त सापकोटाले युटुब च्यानलमा भाइरल गराउन झक्कड थापालाई नै गायक बनाइदिए । उनी नाई नभन्नु ल ५ को बालापनको उमेर गीतकी गायिका समिक्षा अधिकारीलाई पनि मार्गनिर्देशन गरिरहेका छन् ।

तर, समिक्षालाई लिएर अर्का संगीतकार टंक वुढाथोकीले गीत तयार पारेपछि बसन्तको पारो तात्यो । अझ, टंकले त पहिलो काम मेरो संगीतमा गराएका छौ भनेर लेखिदिए । टंकले यसो लेखेपछि बसन्तको पारो फेरि तात्यो । उनले टंकले पहिलो काम मेरो संगीतमा लेखेपछि अंग्रजको सम्मान गर्न सिकौ भन्दै समिक्षा पहिले नै भाइरल भैसकेको लेखिदिए । उनले कि तिमी अर्कै ग्रहबाट आएका हौ भनेर पनि लेखे ।

बसन्तले टंकले नै समिक्षालाई ब्रेक दिएको भन्ने वुझे । टंकले पनि शब्द अगाडि पछाडि पारेर लेखेका छन् । समिक्षासँग मैले मेरो संगीतमा पहिलो पटक काम गरेको छु भनेर लेखेको भए स्पष्ट हुन्थ्यो । तर, उनले पहिलो काम मेरो संगीतमा गराएका छौ भनेर लेख्दा कुरोको उल्टो अर्थ लाग्यो ।

जे जे लागेपनि यहाँ भाइरल हुनेलाई समात्ने र सिन्डिकेट लगाउने प्रथा खुबै चलेको छ । बसन्त र टंकविच भएको यही हो । जे गर्छ हजुर भाइरल र युटुबले नै गर्छ ।

२०७५ चैत १७ गते १८:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *