फिल्म ‘सपुत’ निर्मात्री तथा कलाकार प्रज्ञा जोशी पक्राउ

कलाकार तथा निमात्री प्रज्ञा जोशी इटहरीबाट पक्राउ परेकी छन् । ५० लाख ठगी गरेको आरोपमा पक्राउ परेकीउनलाई काठमाण्डौ ल्याइएको छ । ठगी गरेर लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशीलाइ इटहरी प्रहरीले हिजो पक्राउ गरेको हो ।

इटहरी प्रहरीका अनुसार हिजो र आज छलफल गरी मिलाउन नसकेको कारण काठमाण्डौ पठाएको हो । सुबर्ण कुमारी श्रेष्ठले गरेको ठगी आरोपको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् । यस अघि पनि उनको नाम आर्थिक विवादमा जोडिएको प्रहरीले जनाएको छ । यस अघि उनी काठमान्डौमा रेस्टुरेन्ट व्यवसाय समेत गर्दै आएकी थिइन् ।

टेलिसिरियल देवी मार्फत कलाकारिता सुरु गरेकी उनले प्रज्ञा फिल्म्स अन्तर्गत रहेर टेलिफिल्म ‘सिन्दुर’ मार्फत निर्माणमा हात हालिन् । उनले फिल्म सपूत मार्फत फिल्म निर्माणको समेत काम थालेकी थिइन् । सपूतका साथै सम्झना, न बिर्से तिमीलाई न पाएँ तिमीलाई, नोटबुक फिल्म निर्माण गरिन् । कलाकारिता र निर्माणलाई संगसंगै लागेकी उनले ३ दर्जन बढी फिल्ममा अभिनय समेत गरेकी छन् ।