‘चलखेल’ मा प्रियंका

फिल्म ‘चलखेल’मा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम सिनेमाण्डु इन्टरटेन्टमेन्ट र नायिका कार्कीविच लिखित सम्झौता भएको हो । फिल्ममा उनको कोएक्टर बन्ने भन्ने फाइनल भैसकेको छैन ।

कमेडी जनरामा निर्माण हुने यो फिल्म एभरेष्ट सुर्य बोहराले निर्देशन गर्नेछन् । बोहराकै कथा तथा लेखन रहने यो फिल्मका लागि किरण केसी र शिवहरी पौडेलसँग पनि कुरा भइरहेको जानकारी प्राप्त भएको छ । फिल्म ‘भैरे’ निर्माण टिमले नै निर्माण गर्ने फिल्ममा निर्माता लेखबहादुर पुनका रहेका छन् । फिल्म छायांकन जेठमा सुरु गरिने निर्माता पुनले बताए ।