कस्तो साइत हेरेछन् हरिहरले ?

फिल्म के कारणले चल्छ ? फिल्म चल्नका लागि चाहिने मुख्य फर्मुला के हो ? के फिल्म राम्रो साइतमा सुरु गर्दा चल्छ ? के फिल्म राम्रो साइतमा रिलिज गर्दा चल्छ ?  आखिर के कारणले चल्छ फिल्म ?

फिल्म चल्नका लागि दर्शकको साथ चाहिन्छ । त्यो भन्दा पनि कथा राम्रो चाहिन्छ । फिल्मको चर्चाले बजार पिटेको पनि हुनपर्छ । सबैकुरा भयो भने मात्र फिल्म चल्छ । तर, यसमा पनि लकमै भर पर्न पर्छ ।

चैत्र १५ गते हलमा लागेको फिल्म शुभ लभको व्यापार शुभ नभएपछि ज्योतिष हरिहर अधिकारीले आफ्नै फिल्मका लागि कस्तो साइत हेरेछन् भनेर टिप्पणी हुन थालेको छ । हरिहरले नै साइत हेरिदिएर फिल्म बनेका छन् र रिलिज भएका पनि छन् ।

तर, फिल्म शुभ लभमा त आफै हिरो भएका हरिहरले साइत राम्रो नहेरेका हुन् कि के त ? फिल्मको गीत रिलिजमा पनि पत्रकारले हलमा कुटाई खाएका थिए । हरिहरको लक नलागेको कि साइत नमिलेको ? यसको जवाफ त हरिहरले नै देलान् नी ?