खुश्वुलाई मख्ख पर्ने मात्र नहोस् !

- मेराेफिल्म

फिल्ममा आएको एक दशक हुन लागिसक्यो । अभिनेत्री खुश्वु खड्कालाई राम्रो व्यानरले पत्याएनन् । राम्रो हिरोसँग खेलेको फिल्म पनि ढिलो रिलिज हुँदा समस्या पर्यो । समस्या नै समस्याबाट उनी गुज्रिरहेकी थिइन् ।

उनलाई निर्देशक अशोक शर्माले फिल्म रातो टिका निधारमामा लिएका छन् । खुश्वु यो फिल्मसँग जोडिन पाउँदा पनि खुशी छिन् । नहुन् पनि किन, उनले बल्ल एउटा राम्रो ब्यानरको फिल्म पाएकी छिन् ।

तर, खुश्वु खुसी भैहाल्ने अवस्था छैन । किनकी, फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन्, जो यतिबेला धपक्कै बलेकी छिन् । साम्राज्ञीपछि अर्की हिरोइन नीता ढुंगाना यो फिल्ममा छन् ।

साम्राज्ञी र नीताको यो चापमा अभिनेत्री खुश्वुले कस्तो भूमिका र कस्तो चर्चा पाउलिन् भन्ने पनि छ ।

यसैले पनि खुश्वुलाई खुशी भैहाल्ने अवस्था भने छैन । फिल्म पाएकोमा खुशी हुने अवस्था त छ, तर उनी साम्राज्ञी र नीताले पाउने चर्चाको बिचमा रहेर चर्चा पाउन सफल होलिन् कि नहोलिन्, भन्ने प्रश्न मुख्य हो ।

अशोक शर्माको फिल्म पाएर मख्ख भएकी खुश्वुलाई मल्टिस्टारर फिल्मले स्पेश राम्रै दिए त ठिक छ । नत्र त फिल्म पाए, गरे भन्नु मात्र त होला नी ।

२०७५ चैत १९ गते १४:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *