प्रेमपछि सुस्ताए श्रृष्टी र सौगात

अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठको प्रेम फक्रिरहेको छ । फक्रिएको प्रेमलाई जीवनको लामो कालखण्डसम्म लैजाने योजना उनीहरुको छ ।

तर, फिल्म क्षेत्रमा सौगात र श्रृष्टीको चर्चा नभएको पनि धेरै भयो । प्रेममा परेको केही समय राम्रैसँग संचारमाध्यमको ध्यान तानेका सौगात र श्रृष्टी अहिले गुपचुप छन् ।

यी दुइले फिल्म ‘मासु भात’ मा एकसाथ काम गर्ने भन्ने खबर बाहिरिएको थियो । यसबारेमा पनि यी दुई मौन छन् । श्रृष्टी र सौगात धेरै संचारमाध्यममा आउँदा सस्तो बनेका थिए । सस्तो बनेका कारण पनि उनीहरु अहिले गुपचुप बसेका हुन सक्छन् । किनकी, सौगातले धेरै फिल्ममा काम गरेर क्रेज कमजोर बनाएका थिए । उनलाई हलमा पनि दर्शकले पत्याएका थिएनन् । यस्तै, श्रृष्टीको पनि यो बर्ष दुइवटा फिल्म चलेका थिएनन् ।

यसैले गुपचुप बस्दा क्रेज बन्छ भनेर दुबै हराएका हुन् कि, प्रेमको लालीमा रमाएर अरु कुरा विर्सिएका हुन् ? जे जे भएपनि दुइको प्रेम नओइलाओस् ।