‘एनाबेल कम्स होम’ फस्ट लुक सार्वजनिक

हरर सिरिज एनाबेलको तेस्रो सिक्वेल ‘एनाबेल कम्स होम’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । ग्यारी दबर्मेनको निर्देशन रहेको सिरिजको पोस्टरमा भुतिया गुडिया यानकी एनाबेललाई अनौठो ठाउँमा सजाएर राखिएको छ र त्यको माथी लेखिएको छ ‘वार्निंग पोजिटिभिटि’ ।

आउँदो जुन २८ तरिखदेखि प्रदर्शनमा आउने यस फिल्मको शुटिङ्ग डिसेम्बर १४, २०१८ मा नै सकिएको थियो । हरर फिल्मका फ्यानहरुको प्रतिक्षित सिरिज बनेको एनाबेलका यस अघिका सिरिज हिट भएका थिए । पहिलो फिल्म ‘एनाबेल’ सन् २०१४ मा रिलिज भएको थियो भने यसको दोस्रो सिरिज ‘एनाबेल : क्रिएसन’ सन् २०१७ मा रिलिज भएको थियो । एनाबेल सिरिजको कथा डर लाग्दो गुडियाको वरिपरि घुम्ने गर्दछ । तेस्रो संस्करणमा मसिकेंना ग्रेस, मेडिसोन इसेमन, क्याटि सरिफ , प्याट्रिक विल्सन लगायतका कलाकारको अभिनय छ ।