छोरालाई हिरो बनाउन १६ लाख ?

फिल्म ‘रातो टिका निधारमा’ मा १६ लाख पारिश्रमिक दिएर निर्माता तथा निर्देशक अशोक शर्माले साम्राज्ञी आरएल शाहलाई अनुबन्दित गरेका छन् । यो फिल्म उनका छोराको डेब्यु फिल्म बन्ने चर्चा रहेको छ ।

बर्ष ७५ लाई हेर्ने हो भने एकाध फिल्म बाहेक कुनै फिल्मले पनि लगानी उठाउन सकेका छैनन् । तर कलाकारको प्रारिश्रमिक भने चुलिएको छ ।

यहि क्रममा शर्माले आफ्नो लगानीमा रिस्क मोलेर फिल्म निर्माण गर्ने भएका छन् । यति मात्र हैन उनले अभिनेत्रीलाई समेत ठुलो रकम खर्चिएका छन् ।

अभिनयमा निखारता नआउदै एक दुइ फिल्म बक्स अफिसमा सफल हुदैमा कलाकारको माग बढ्न थालेको छ, त्यो पनि ह्वात्तै ।

अशोकले साम्राज्ञीको अभिनय कला हेरेर त्यत्रो रकम खर्चिन लागेका हुन् कि उनीसंग छोराको नाम जोडिए छोराको फिल्म करियर सफल हुने आसामा यो सब गरेका हुन् ? हुन त बाबुले आफ्ना छोराछोरीको लागि के के त गर्छन्, जाबो १६ लाख त के हो र ! हैन अशोक जी ?