घरकै फिल्मले अनमोललाई भ्याई नभ्याई

अभिनेता अनमोल केसीलाई फागूण १७ गतेबाट रिलिज भएको फिल्म क्याप्टेनकै ह्याङले छाडेको छैन । अबको ९ दिनमा उनले अभिनय गरेको ए मेरो हजुर ३ फिल्म पनि आउँदैछ । तर, अनमोललाई घरकै  फिल्म क्याप्टेनका लागि पनि समय दिनुपर्ने अवस्था छ ।

अभिनेता केसी यूकेमा ६ तारिखमा आयोजना हुने लागेको फिल्म क्याप्टेनको शोका लागि बुधबार यूके जाँदैछन् । उनी, यूके जाँदा नेपालमा फिल्म ए मेरो हजुर ३ को प्रचारमा प्रभाव त पर्छ नै ।

अनमोलले मंगलबार दिनभर लगाएर फिल्मका लागि संचारमाध्यममा कुराकानी गरेर सकेका छन् । उनको अभाव ए मेरो हजुर ३ लाई पर्नेछ ।

बर्षमा एउटा मात्र फिल्म खेल्दा सहज भएको अभिनेताको सेड्यूल यसपटक २ वटा फिल्म हुँदा प्रभावित भएको हो ।

घरकै फिल्म हो, जान्न भन्न पनि नमिल्ने । जाउ भने रिलिज हुन लागेको फिल्मलाई समस्या पर्ने ? अनमोल केसीलाई यसपटक तनाव नै तनाव छ ।