लवजोनको ‘ट्याटु खोपन’ सार्वजनिक

बिजि बर्माको ब्यानरमा ओम ब. कार्कीको निर्माण रहेको फिल्म लवजोन को दोश्रो गित सार्बजनिक भएको छ । गायिका नित्याशिवाको आवाजमा रहेको “ट्याटु खोपन” गीत रिलिज भएको हो । एस के अधिकारीको शब्द तथा बबुल गिरीको संगीत र एरेन्जमा गीत तयार गरिएको छ । राजन महर्जनको नृत्य ,बिक्रम कार्की को छायांकन र शंकर अधिकारी घायलको लेख्न र निर्देशन तथा मिडिया कोर्डिनेटर रोशन पोखरेल ले गरेका छन । भिडियोमा सुश्मा थिङ र राजु श्रेष्ठलाई देख्न सकिन्छ ।