शिव परियारको ‘आँशुको अर्थ’ भाग २

शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘मेरो भागको खुशी तिमीलाई मिलोस’ सार्वजनिक भएको छ । ‘आँशुको अर्थ’गीतलाई दर्शक तथा स्रोता निकै मन पराए पछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २ सार्वजनिक गरिएको हो । यस गीतलाई  संचारकर्मी रवि अधिकारीले लेखेका हुन् भने संगीत  संयोजन उदय राज पौडेलले गरेका हुन् । भिडियोमा सन्नी सिंह र ज्योत्सना योगीको अभिनय रहेको छ । भिडियो निकेश खड्काको निर्देशन गरेका हुन्  । गीतमा बुद्ध थापाको छायांकन र धमला बिकाशको सम्पादन रहेको छ भने सृष्टि थापा मगरको मेकअप रहेको छ ।