सलोनलाई आपत

अभिनेता सलोन बस्नेतलाई जस्तो आपत अहिले कसलाई होला ? सलोन बस्नेतलाई अहिले त केमियो रोलमा चित्त वुझाउन थालेका हिरो भनेर पनि भन्न थालिएको छ । आफैले धानेको फिल्म नचलेपछि उनले सहायक हिरो, केमियो हिरो भएर फिल्ममा काम गरिरहेका छन् । तर, सलोन सोलो नचलेपनि सहायक भएर भने चल्छन् ।

सलोनलाई अहिले तनाव छ । किनकी, उनले अभिनय गरेका फिल्म  यात्रा र ए मेरो हजुर ३ एकैदिनमा रिलिज हुँदैछन् । यी दुबै फिल्म चैत्रको २९ गतेबाट रिलिज हुने भएपछि सलोनलाई कसको प्रमोशन गर्ने, सामाजिक संजालमा पनि कसको तस्बिर राख्ने भन्ने आपत्त छ ।

सलोनले यात्रा र ए मेरो हजुरमा फरक फरक भूमिका निर्वाह त गरेका छन् । यात्रामा भन्दा ए मेरो हजुर ३ मा उनको भूमिका अझै खुलेको छ ।

तर, सलोनलाई एउटा फिल्मको तस्बिर राख्दा अर्को रिसाउला भन्ने डर, अर्कोको राख्दा अर्को रिसाउला भन्ने डर पनि छ ।

सलोन बस्नेत नेपाली फिल्ममा भर्सटायल अभिनेताको रुपमा चिनिएका छन् । उनलाई यात्रा र ए मेरो हजुर ३ दुबै चलिदिए राम्रो हुन्छ । किनकी, उनले अभिनेता अनमोल केसी र सलिनमान बनियाँको साथी भएर फिल्म अगाडि पनि खेलिसकेका छन् । तर, यसपटक दुबै जनाको फिल्म सँगै आउँदा सलोनलाई आपत्त पर्नु परेको छ ।