‘सानो मन’ मा बलिउड कोरियोग्राफर

छायांकनको क्रममा रहेको फिल्म ‘सानो मन’ को एक गीतको भिडियोलाई बलीउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् । सुयोग सोताङ्ग, सुयोग गुरुङ्ग र सिमा राईको  स्वरमा रहेको ‘रानु कम्मर’ बोलको पार्टी गीतमा फिल्मका मूख्य आयुष्मान देशराज जोशी र शिल्पा मास्केले नृत्य गरेका छन् । साजन बलीउड सुपरस्टार सलमान खानका ‘पर्सनल डान्स ट्रेनर’ समेत हुन् ।

”रानु कम्मर’ को भिडियो आर्थीक हिसाबले जति महंगो हुन पुगेको छ त्यो भन्दा बढि क्वालिटीमा समेत देख्न पाईने छ’ फिल्मका निर्देशक सुयोग गुरुङ्गले बताए । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्म छायांकनको अन्तिम चरणमा रहेको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ।पि।जी। फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बनिरहेको छ । आलोक शुक्लाले छायांकन गरिरहेका छन् । फिल्ममा मनिष राईको कस्ट्युम रहेको छ भने प्रोडक्सन डिजाईनर यम प्रसाद ओली हुन् । रित बोहरा फिल्मका मूख्य सहायक निर्देशक हुन् ।