स्टेडियम बनाउन क्रिकेट खेल्दै कलाकार

धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा बनाउदै गरेको रङ्गशालाको सहयोगार्थ ‘मातृभूमी कप’ भोली सनिवार किर्तिपुरमा हुने भएको छ । हिट, फ्लप, नयाँ, पुराना सबै कलाकार यतिबेला क्रिकेट प्रशिक्षणमा छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले कलाकार टिमलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा रहेका कलाकारमा सुनिल थापा, बद्रि पंगेनी, कुमार कट्टेल, सन्दीप क्षेत्री, राजु ढकाल, घनश्याम गौतम, सन्तोष लामा, सरोज खनाल, दयाहाङ राई, निश्चल बस्नेत, हेमन्त शर्मा, हेमन्त राना, सुरज सिंह ठकुरी, राजा राजेन्द्र पोखरेल, अर्जुन घिमिरे‘पाँडे’, निर्मल शर्मा, अनुराग कुँवर, कृष्ण काफ्ले र सलिनमान बनिया लगायत रहेका छन् । फाउण्डेशनले कपबाट उठेको रकमको १५ प्रतिशत आँधी प्रभावित क्षेत्रमा खर्च गर्नेछ ।