प्रकाश सपुत र प्रीति आलेको ‘दोहोरी ब्याटल २’

प्रकाश सपुत र प्रीति आलेको ‘दोहोरी ब्याटल’ अधिक सफलतापछी दोहोरी ब्याटल २ सार्वजनिक भएको छ । कोरसमा भने श्याम,पोषण, सचिन, प्रविन, बब्लु, सबिता, उषा, पुजा, सुम्निमा र रोशनी रहेका छन् । गीतमा प्रकाश सपुतकै शब्द तथा संगीत रहेको छ । संगीत संयोजन र मिक्सिंग श्यामस्वेत रसाइलीको रहेको छ । करण चैसिरको छायांकन रहेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन्। भिडियो निर्देशन समेत सपुतकै रहेको छ ।