सत्याकृतको ‘जय देवी जय’ सार्वजनिक

भक्ती संगीत शिर्जना गर्दै आएको नेपाली ब्याण्ड सत्याकृतको गीत ‘जय देवी जय’ सार्वजनिक भएको छ । ‘जय देवी’ एल्बममा समावेश सकल्यदेवको शब्दमा प्रजित लामाको संगीत तथा स्वर रहेको उक्त गीतको भिडियो सकल्यदेवले निर्देशन गरेका हुन् । पहिलो पटक चर्चित भारतीय संगीत कम्पनि टि सिरिज मार्फत ब्याण्डले गीत सार्वजनिक गरेको हो ।