छोरीको विदाईमा ‘भावुक’ झरना !

सफल कलाकार झरना थापा निर्देशनमा लागेको केहि समय भयो । उनको निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर ३’ यहि चैत्र २९ बाट प्रदर्शनमा आउदै छ । उनका श्रीमान सुनिल कुमार थापाको निर्माण रहेको फिल्म सुहाना इन्टरटेनमेन्ट अन्तर्गत निर्माण भएको हो । फिल्ममा उनले सफल अभिनेता भुवन केसीका छोरा नायक अनमोल केसीलाई खेलाएकी छन् आफ्नी छोरी सुहाना थापासंग । फिल्मको ३ गीत र ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक सामग्री हेरेर सुहानाको चौतर्फी तारिफ भैरहेको छ ।  उनको अभिनय झरना कै लयमा रहेको चर्चा समेत चल्ने गर्छ ।  सुहानाको अभिनय हेरेर छोरीलाई सेफ ल्यान्डिङ गराउन सफल नायक अनमोललाई महँगो रकम तिरेर अभिनय गराएको आरोपको केहि हद सम्म खण्डन भएको छ । एउटी आमा जसले आफ्नो बच्चाको भविष्य हेरेर त्यस किसिमको कदम चाल्नुलाइ समेत गलत भन्न सकिन्न । तर निर्देशकको हिसावले हेर्दा उनी सफल नै छिन् । उनकी छोरीलाई सफल अभिनय गराउन सफल भएको अनुमान ट्रेलर र गीतबाट गर्न सकिन्छ ।

जन्मदिन तथा ट्रेलर सार्वजनिक कार्यक्रम उनले एकै दिन राखेकी थिइन् । उक्त कार्यक्रममा उनले भाबुक हुदै ‘छोरी दर्शकको जिम्मा लगाएको’ बताइन् । आफुले जन्माएर, हुर्काएर सक्षम बनाउन सबै पहल गरेर दर्शकको जिम्मा लगाउनु कहीँ कतै छोरी अन्माएर पठाउनु झैँ लागेको हुन सक्छ उनलाई । उनको आखामा आँशु छछल्कियो ।

सामाजिक संजालमा समेत उनको भावुक अभिव्यक्ति सार्वजिक भइ नै रहेका छन् । अनमोल सुहानाको विवाहको पहिरनमा रहेको तस्विर सार्वजनिक गर्दै उनले लेखेकी छन् :
ज़रूरी थियो तिमी जसतो साथी
मनको कुरा बुजीदिने तिमी कति जाती
#ए मेरो हजुर… मेरो हजुर❤️❤️❤️

त्यस्तै अनमोल सुहानाकै अर्को तस्विर सार्वजनिक गर्दै उनले लेखेकी छन् :
हरदिन हररात तिमीलाई चाहान्छु ।।
तिमी सग हुदा पनि तिमीलाई नै सम्झन्छु ।।
सास तिम्रो लागि चल्छ ,धड्कन तिम्रो लागी
मेरो नामले तिम्रो नाम पूरा गर्न चाहान्छु ।।
#ए मेरो हजुर 3……❤️

अन्तर्वार्ताको क्रममा अनमोल जस्तो केटा भए ज्वाई बनाउन अप्ठ्यारो नहुने बताएकी उनलाई उनकै छोरीको रोजाईले समेत प्लस प्वाइन्ट प्रदान गरेको छ ।  सुहानाको रोजाईमा पर्ने केटा अग्लो, शाकाहारी र कृष्ण भक्त हुनपर्ने छ, जुन सम्पूर्ण गुण अनमोलमा छ ।
समग्र परिस्थितिलाइ नियाल्दा, झरना भावुक भएको त पक्कै भन्न सकिन्छ । तर यहाँ प्रश्न आउछ कि उनी छोरी दर्शकलाई सुम्पिदै छिन् या त अनमोललाई ?