झरनाजी, फिल्म चलेपछि पनि अनमोल ज्वाई नै रहन्छन् ?

फिल्म चलाउनका लागि फन्डा चाहिन्छ । जसलाई फिल्मीफन्डा भनिन्छ । फिल्मी फन्डा मच्चाउन नेपाली फिल्मीकर्मी सिपालु छन् ।

चैत्र २९ गते ए मेरो हजुर ३ फिल्म रिलिज हुँदैछ । यो फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य कलाकार छन् । सुहाना निर्देशक झरना थापाकी छोरी हुन् ।

फिल्म चल्ने दिन नजिकिदै गर्दा अनमोल र सुहानाको प्रेम प्रसंग मात्र होइन, बिहेको पनि चर्चा चलिरहेको छ । झरनाले पनि अनमोल केसीलाई ज्वाई मान्न आफू तयार भएको भनेर अभिव्यक्ति दिन थालेकी छिन् । अनमोल र सुहानाको फिल्म भित्र बिहे भएको दृश्य छ । यही दृश्यमा टेकेर सुहाना र अनमोलको वास्तविक बिहेको समेत कथावाचन भैरहेको छ ।

अनमोल र सुहानाको बिहेमा झरनाले समेत नाई भनेकी छैनन् । उनले सुहाना र अनमोलको बिहेमा स्विकारोक्ती दिएकी छन् । अनमोल र सुहाना पनि यो कुरालाई नकार्न सक्दैनन् । तर, यो बिहेको फन्डा फिल्म चलेपछि पनि रहन्छ कि चैत्र २९ सम्म मात्र हो ।

फिल्म चलेपछि पनि रह्यो भने त ठिकै हो, नत्र फिल्म चलाउन हिरो हिरोइनको बिहे नै गरिदिनुपर्ने हो र ?