प्रियंका र आयुष्मानको अर्को जुनीपछि ‘बरु अर्को जुनी’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको मुख्य अभिनय रहेको फिल्म ‘प्रेम दिवस’मा समावेश भएको ‘बरु अर्को जुनी’ गीत सार्वजनिक भएको छ । गीतमा मेलिना राई र निशान भट्टराईको स्वर, शान्ति प्रियको शब्द, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा आयुष्मान र प्रियंका फिचर्ड छन् । यहि जोडीको गीत ‘अर्को जुनी’ केही समय अघि सार्वजनिक भएको थियो ।

म्युजिकल लभ स्टोरी समेटिएको फिल्ममा प्रियंका कार्की, आयुष्मन देशराज जोशी, नव-नायक विशाल खरेल लगायतको मुख्य भूमिका रहेको छ । प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा महाराजा थापा, महेश खड्का, बसन्त सापकोटा, करण सिंह कार्की र दीपक शर्माको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, बनिष शाहको सम्पादन रहेको छ । फिल्म रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशनमा तयार भएको हो ।