छक्का पन्जा ३पछि ‘छ माया छपक्कै’

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको नाम फाइनल भएको छ । ‘छ माया छपक्कै’  नाम राखिएको फिल्म वैशाखबाट छायांकनमा जाने छ ।

फिल्म दिपेन्द्र लामाले निर्देशन गर्दैछन् नहने छायांकन हरी हुमागाईंको रहने छ । फिल्मका लागि अहिलेसम्म कलाकार दिपकराज गिरी र केदार घिमिरे फाइनल भएका छन् भने अन्य कलाकार केही समयमा फाइनल हुने निर्देशक लामाले जानकारी दिएका छन् । कमेडी जनरामा निर्माण हुने फिल्मको कथालाई अन्तिम रुप दिने काम भैरहेको छ । फिल्ममा रोहित अधिकारीको लगानी रहनेछ । फिल्म आउँदो बर्षको दशैंमा रिलिज हुनेछ ।