विर्तामोडमा ‘दाल भात तरकारी’ को कन्सर्ट

फिल्म ‘दाल भात तरकारी’ टिम अहिले मोफसल यात्रामा छ । वैशाख २० गतेबाट प्रदर्शनमा आउने फिल्मले सोमबार बिर्तामोडबाट कन्सर्ट सुरु गरेको छ । कन्सर्टमा फिल्मका कलाकारहरु हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, शिवहरि पौडेल, विल्सन विक्रम राई सहभागी थिए । यस्तै गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल समेत कन्सर्टमा सहभागी थिए ।

रामचन्द्र र जुनुले भिजिट भिषामा गाउँदा नायिका आँचल शर्माले नृत्य गरिन् । विर्तामोडबाट निर्माता किरण केसीले भने–‘कन्सर्टमा निकै नै रमाइलो भयो । दर्शकको उत्साहजनक साथले हामीलाई अझै हौसला मिलेको छ ।’ प्रमोसनको क्रममा टिमले पूर्व र पश्चिमका विभिन्न शहरमा कन्सर्टको आयोजना गर्दैछ । वैशाख ४ गते पोखरामा हुने कन्सर्ट गरेपछि मोफसल यात्रा सकिनेछ । फिल्म सुदन केसीको निर्देशनमा तयार भएको हो ।