सुगम पोखरेलको ‘कर्णाली’

गायक सुगम पोखरेलले फरक शैलीको गीत सार्बजनिक  गरेका छन् । ‘कर्णाली’ बोलको उक्त गीतमा सुदुर पश्चिमको  परिवेश झल्किन्छ । गीत गीतिसंग्रह ‘स्वेत हंशिनी’ मा समाबेश रहेको छ ।  गीतमा सुदुर पश्चिम कै परिवेशलाइ आधार बनाएर उनले आफै शब्द लेखन तथा संकलन गरेका छन् । गीतमा संगीत पनि सुगम स्वयंकै छ भने संगीत संयोजन मोहित मुनाल को छ । पूर्व पश्चिम सांगीतिक यात्राका क्रममा आफैले कैद गरेका दृश्यहरु उनले भिडियोमा समाबेश गरेका छन् भने  सर्बदेब सिग्देलले छायांकनमा साथ दिएका छन्। भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।