डब्बु, लक्ष्मण र सविलाई ‘अग्रज पत्रकारिता पुरस्कार’

बक्स अफिस फिल्म क्लब नेपालले चैत्र २८ गते राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म, फिल्मकर्मी र रंगपत्रकारलाई एकसाथ सम्मान गर्न लागेको छ ।

‘नयाँ बर्षलाई स्वागत तथा पुरानो बर्षलाई बिदाइ’ शिर्षक राखिएको कार्यक्रममा राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्री, नयाँपत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र सगरमाथा तथा इण्डिजिनीयस टेलिभिजनका महिला पत्रकार सवि कार्कीलाई ‘अग्रज पत्रकारिता पुरस्कार २०७५’बाट सम्मानित हुने भएका छन् ।

त्यस्तै कार्यक्रममा फिल्म लिलिबिली, छक्का पन्जा ३, जय भोले, बबि, नाइ नभनु ल ५, कायरा ,इन्टुमिन्टु लन्डनमा, भैरे, रामकहानी, चंगा चेट, प्रसाद, क्याप्टेन लगायत १२ फिल्मलाई ‘बल्क बस्टर अवार्ड २०७५’बाट सम्मान गरिनेछ । यसबर्ष  प्रदर्शनमा आएका र दर्शकले रुचाएका १२ फिल्म अवार्डका लागि छानिएको आयोजक बक्स अफिस फिल्म क्लब नेपालका आरके सुवेदीले बताए ।

कार्यक्रममा फिल्म निर्माता गोविन्द शाही, दिपकराज गिरी, अशोक शर्मा, मिलन चाम्स, विकास आचार्य, आर्यन सिग्देल, प्रज्वल शमशेर जबरा, सूर्य बोहरा, सुदर्शन थापा र पुजा शर्मा, माधव वाग्ले, सुवास थापा, भुवन केसीलाई समेत ‘ब्लक बस्टर फिल्म अवार्ड २०७५’बाट सम्मानित गरिने छ ।