‘सिल्कवेर’ प्रमोट गर्दै केकी

नेपालमा नै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराको ब्याण्ड सिल्क वेरले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । नेपालको एकमात्र आइएसओ सर्टिफाईड कम्पनी रहेको कम्पनीका प्रबन्ध निर्देशक राजन झाले बताए ।
राजधानीमा एक समारोहका बिच केकी अधिकारी र कम्पनिका निर्देशक राजन झा बिच सम्झौता भएको हो । केकी अधिकारीलाई कम्पनिले ३ वर्षको लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।

कार्यक्रममा बोल्दै नायिका अधिकारीले यस्ता उत्पादनशील क्षेत्रमा लगानी गरी नेपालको उत्पादन क्षमता बृद्धि गरी नेपाललाई आत्मनिर्भर बनाउन सुरुवात गरेकोमा र यस्ता प्रिमियम ब्राण्डलाई प्रमोट गर्न कम्पनीले आफुलाई रोजेकोमा कम्पनिका निर्देशक राजन झालाई धन्यवाद दिदै आफुले यो ब्राण्डलाई नेपालीहरुको माझ चर्चित बनाउन सक्दो प्रयास गर्ने पनि प्रतिबद्धता जनाइन्, सबै व्यापारी वर्गलाई यसै गरी नेपालमा उत्पादनशील क्षेत्रमा लगानी गरी देशलाई आत्मनिर्भर बनाउन पनि अपिल गरिन् ।