मलाई सस्तो बन्न मन लाग्दैन : सलिन

अभिनेता सलिनमान बनियाँ अभिनित फिल्म ‘यात्रा’ प्रतिक्षित छ । यो फिल्म दर्शकका लागि मात्र नभएर, सलिनमानका लागि पनि प्रतिक्षित बनेको छ ।

अभिनेता सलिनमान बनियाँको नजरमा यात्रा प्रेमले भरिएको मात्र फिल्म होइन । युवाहरुको प्रेमले मात्र भरिएको फिल्म भन्दा पनि सलिनमान यसलाई कसैको जीवनमा परिवर्तन नै ल्याउन सक्ने फिल्मको रुपमा वुझ्छन् । सलिनले यो फिल्म हेर्दा दर्शकले फरक स्वाद पाउने बताए ।

फिल्मको ट्रेलरमा देखाइएको जस्तो इनर्जी आउनका लागि देशका लागि कुनै न कुनै रुपमा सोच्नुपर्ने सलिन बताउँछन् । उनले यूवाले नै देशका लागि केही नगर्ने हो भने कसैले पनि गर्न नसक्ने बताएका छन् ।

फिल्म भित्रको क्यारेक्टरले देशका लागि भन्दा पनि देश भित्र रहेको गरिबीका लागि केही गरेको सलिनले बताएका छन् । सलिनले आफ्नो क्यारेक्टर प्रष्ट पार्दै भनेका छन्, यूवामा हुने जोश जागर उमेर घर्किएपछि गर्न सकिदैन । आफूमा केही गर्न सक्ने आर्थिक अवस्था छ भने त्यसले अरुका लागि पनि सहयोग गर्न आवश्यक छ ।

फिल्ममा सलिनले फाइट पनि गरेका छन् । सलिन आफूले फाइट सिक्नका लागि ३ महिना तालिम नै  लिएको बताउँछन् । सलिनको ड्रेसमा पनि टिकाटिप्पणी हुन्छ । सलिनले आफूलाई फरक ड्रेस लगाउने रुची पहिलेदेखि नै भएको पनि बताए । उनले सामाजिक संजालमा, बुटिकमा हेरेर पनि ड्रेस चुज गर्ने बताएका छन् ।

सलिनका अनुसार उनले आफ्नो कपालको स्टाइल पनि आफैले बनाएको बताएका छन् । सलिनका अनुसार उनको कपाल बनाउन पहिले २ घन्टा लाग्थ्यो । अहिले उनले कपाल बनाएर १ घन्टामा नै  सक्छन् ।

सलिनलाई अहिले भने तयार हुन २ घन्टा लाग्छ । उनको कपाल जस्तो बनाउन खोज्ने एक जना बच्चा फ्यान उनले भेटेका छन् । उनका अनुसार धेरै फ्यानले उनको जस्तो कपाल बनाउने प्रयास त गर्छन्, तर सक्दैनन् ।

सलिन फिल्म ए मेरो हजुर २ भन्दा धेरै यात्रामा खुलेका छन् । उनी यो कुरा स्विकार पनि गर्छन् । पहिलो फिल्ममा आफूलाई केही पनि थाहा नभएको बताउने सलिन दोश्रो फिल्मसम्म आइपुग्दा धेरै कुरा वुझेको बताउँछन् ।

यो फिल्मलाई उनले नै लिड गरेका छन् । लिडिङ क्यारेक्टर भएका कारण पनि जिम्मेवारी बढेको सलिन बताउँछन् ।

सलिन  फिल्मको छायांकन  सकिएपछि अहिले धेरै कुरा मिस गरिरहेका छन् । साथीहरुसँग बसेको नाइट स्टेदेखि हेटौडाको घुमफिर र त्यहाँको खाजा सलिनले मिस गरिरहेका छन् । दर्शकले यो फिल्मलाई मन छुने र राम्रो कथा भएको फिल्म हो भन्ने सोचेर हलसम्म जाँदा निराश हुनु नपर्ने सलिन बताउँछन् ।

अहिले धेरैले नेपाली फिल्मलाई हलिउड र बलिउडसँग दाँज्ने गरेका कारण पनि दर्शकले फिल्म हेर्न नगएको उनको वुझाई छ ।

सलिन पहिलो फिल्म चलेका कारण पनि दोश्रो फिल्म चल्नुपर्ने दबाबमा छन् । फिल्म नचल्दा दर्शकको कलाकारप्रति विश्वास घट्ने उनको वुझाई छ । सार्वजनिक रुपमा सलिन जताततै जतिबेला पनि देखिने गर्दैनन् । उनलाई लाग्छ कि, जतिबेला पनि देखियो भने दर्शकको विश्वास कम हुन्छ । उनले आफूलाई सस्तो बन्न मन नलाग्ने बताए । यसैले पनि सलिन सार्वजनिक रुपमा धेरै नआउने बताउँछन् ।