बिष्णु माझीको गीतमा भद्रगोलकी रक्षा

गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत ‘पिँडालु’ सार्वजनिक भएको छ । तेजस रेग्मीकै शब्द संगीत रहेको गीत डान्सिङ प्याटर्नको रहेको छ । शिव बिकको निर्देशन रहेको भिडियोमा कुलेन्द्र बिक, तेजस रेग्मी र भद्रगोलकी रक्षा श्रेष्ठ फिचर्ड छन् । भिडियोमा रामेश्वर कार्कीको छायाँकन रहेको छ । साथै दिपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा अतिथी कलाकार रहेका छन् ।