असाहाय बालबालिकाको सहयोगमा शिव परियारको प्रस्तुति

‘सेभ द चिल्ड्रेन’ को आयोजनामा अनाथ तथा असाहाय बालबालिकाको सहयोगार्थ शिव परियारले म्युजिकल च्यारिटी कार्यक्रम गर्ने भएका छन् ।

पोखराको उद्योग वाणिज्य हलमा यहि बैशाख ७ गते हुने कार्यक्रममा गायक परियारको एकल प्रस्तुति रहने छ । कार्यक्रमबाट उठेको रकम असाहाय बालबालिकाको सहयोगमा खर्च हुने गायक परियारले बताएका छन् । कार्यकम दिनको एक बजे सुरु हुनेछ।