अशिष्मालाई किन आउँदैछ पुराना तस्बिरको याद ?

नेपाली फिल्म क्षेत्रमा अभिनेत्री अशिष्मा नकर्मीलाई सफलताको चुचुरो मिलेन । तर, उनले निराश हुनै पर्ने स्थान पनि बनाइनन् ।

अशिष्माले बिहेपछि फिल्म नखेल्ने बताएतापनि अहिले पनि उनी भिडियो र फिल्ममा व्यस्त छिन् । फिल्ममा लागेपछि बन्ने नशा हट्न गाह्रो छ भन्ने कुरा अशिष्माबाट पनि वुझिन्छ ।

अभिनेत्री अशिष्मा नकर्मीलाई दर्शकले मेलापछि हेर्न पाएका छैनन् । अशिष्मा कहिले पर्दामा आउँछिन् रिलिज मिति हेर्दा उनको फिल्म छैन ।

तर, अशिष्मालाई खै कुनै बेलामा भने आफ्ना पुराना दिनका तस्बिरले झस्काउँछ । उनी मोडलिङको सुरुवाती दिनमा ब्यूटी र बोल्ड बन्थिन् । अहिले उनलाई ती कुराको यादले सताएको छ । उनी पुराना तस्बिरमा जसरी रमाएकी थिइन्, अहिले पनि उसरी नै रमाउन चाहन्छिन् भन्ने हो कि के हो ?

आखिर फिल्म खेलेर कमाएको नाम यसै गुमाउन मन लाग्दैन । अशिष्मालाई एउटा सल्लाहा दिइहालौ है, मनदेखि फिल्म नै खेल्न मन छ भने मन नमार्नुहोस् । पुराना तस्बिर हेर्नु भन्दा नयाँ तस्बिर पनि पुराना जस्तै आकर्षक बनाउनुहोस् न ।