‘ए मेरो हजुर ३’ शीर्ष गीत सार्वजनिक

- मेराेफिल्म

फिल्म ‘ए मेरो हजुर ३’को शीर्ष गीत सार्वजनिक भएको छ ।  गीतमा प्रताप दासको स्वर रहेको छ । प्रतिक पौडेलको शब्दमा प्रतिक पौडेल स्वयम् र पुष्पन प्रधानको संगीत रहेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । भिडियोमा अनमोललाई स्टार गायकको रुपमा प्रस्तुत गरिएको छ भने डेब्यु नायिका सुहाना थापा अनमोलको फ्यानको रुपमा देखिएकी छन् ।

झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, रेअर राई लगायतको भूमिका छ । फिल्म चैत्र २९ भोलीबाट प्रदर्शनमा आउदै छ ।

२०७५ चैत २८ गते १५:१८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *