न्यु इयर नाईटमा फिरोजको प्रस्तुति

वेभ इभेन्ट युएसएको आयोजनामा हुन लागेको ‘न्यु इयर नाईट २०७६’ अप्रिल १३ तारिख नर्थ क्यारोलिना राज्यको चार्लोट सहरमा हुन गैरहेको छ । गायक तथा गिटारिस्ट फिरोज स्याङ्देनले आफ्ना लोकप्रीय गीत मार्फत दर्शकहरुलाई नचाउने छन् भने स्थानीय साङ्गीतिक समूहका साथै गायक सुदन गैरेले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

स्थानीय डिजे बिश्व केले कार्यक्रमको अन्तिममा डिजे सेसन गर्ने कार्यक्रम रहेको छ। नेपाली संस्कृति र नेपाली संगीत लाई प्रोत्साहन र सम्भार गर्ने हेतुले नेपाली नयाँ वर्षको पुर्व सन्ध्यामा आयोजना हुन लागेको कार्यक्रममा नर्थ क्यारोलिनाका विभिन्न सहरबाट नेपाली भाषीहरुको उपस्थिति रहने अनुमान गर्न सकिन्छ ।