फ्राइडे रिलिज : ए मेरो हजुर ३ र यात्रा-अ म्युजिकल भ्लग

फ्राइडे रिलिज अन्तर्गत आज चैत्र २९ गते २ नेपाली फिल्म ए मेरो हजुर ३ र यात्रा अ म्युजिकल भ्लग प्रदर्शनमा आएका छन् । साथै तीन हलिउड फिल्म हेल ब्वाई, पेट सिमेट्री, शेजाम, क्याप्टेन मार्भल र डम्बो पनि प्रर्दशनमा आएका छन् । आज बाट प्रदर्शनमा आएका २ नेपाली फिल्म बहुप्रतिक्षित फिल्म हुन् ।

सलिन मान बानियाँ अभिनित दोस्रो फिल्म यात्रामा उनी भ्लगरको भूमिकामा छन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिन , सलोन र मलिकासँगै जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , नानीकाजी डंगोल , राजेश बिसुराल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेको छ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेकोछ । फिल्ममा बालकलाकारको अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

फिल्म ‘ए मेरो हजुर ३’मा फिल्मका मुख्य भूमिकामा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, अर्पण थापा, रेअर राई लगायत छन् । फिल्मलाई सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, सरोज खनाल लगायतको समेत अभिनय रहेको छ । फिल्ममा कथा निर्देशक झरना थापासंगै सुमन पौडेलको रहेको छ भने पटकथा तथा संवाद छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको रहेको छ । फिल्ममा आशिष अविरल, कल्याण सिंह, कोशिश क्षेत्री, पुष्पन प्रधान लगायतको संगीत समावेश छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह, राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काको सम्पादन, हिमाल केसीको द्वन्द तथा संजय लामा, सुदिप बराल र शम्भु मोक्तानको छायाँकन रहेको छ ।