सारा बिरुद्ध दिल्ली पुलिसमा उजुरी

सारा अली खानको केही दिन अगाडि बाइक पछाडि बसेको एउटा भिडियो भाइरल भएको थियो । उनले बाइकमा बस्दा हेल्मेट लगाएकी थिइनन् । यस बिषयमा उनी बिरुद्ध दिल्ली प्रहरीमा उजुरी परको छ र प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको पनि छ । कात्तिक आर्यनले चलाएको बाइकमा सारा बसेकी थिइन् ।

सारा अभिनित फिल्म ‘केदारनाथ र सिम्बा’ले बक्स अफिसमा राम्रो कमाई गरेको छ भने उनी हाल फिल्म ‘लभ आज कल’को छायांकनमा व्यस्त छिन् ।