दिलीप र प्रियंकाको ‘पशुपतिमा सुनैको गजुर’

प्रियंका कार्की र दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनय गरेको ‘पशुपतिमा सुनैको गजुर’ गीत सार्वजनिक भएको छ । दुर्गा खनाल घिमिरेले लेखेको यो गीतमा प्रताप दास र मेलिना राईले स्वर दिएका छन् । वसन्त सापकोटाको संगीतमा तयार भएको गीतको भिडियो चन्द्र पन्तले निर्देशन गरेका हुन् ।