शिव परियारको ‘ह्याप्पी ह्याप्पी’

सुरेश वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ गीत सार्वजनिक भएको छ । हरि लम्सालको सङ्गीत तथा गायक शिव परियारको स्वर गीतमा सुन्न सकिन्छ । चर्चित नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विक सहित साथीहरुको अभिनय रहेको भिडियोमा गायक परियारको समेत अभिनय देख्न सकिन्छ । भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने, राजीभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ तथा, भिएफएक्स रहेको छ ।