‘दयारानी’ को ‘चिरी च्याट्टै’

दयाहांग राई अभिनित फिल्म ‘दयारानी’ को गीत सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको शब्द संगीतमा सिवाकोटी स्वयम् र मेलिना राईको आवाज रहेको ‘चिरी च्याट्टै’ बोलको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार राई र दीया पुन फिचर्ड छन् । भिडियोमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्टस् र माओत्से फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ र दीयासँगै बिजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर, नयन गुरुङ, पुस्कर गुरुङ, टिका राम घले, सुर्य सुनवार, राजेन्द्र थापा, सिता देवी गुरुङ, कृष्टी गुरुङ लगायतको अभिनय रहेको छ । फिल्ममा अतिथी भूमिकामा बुद्धी तामाङ देखिनेछन् । फिल्ममा शैलेन्द्र डी. कार्कीको छायांकन, राजेन्द्र खड्का र निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्म पारिवारिक कथा वस्तुमा निर्माण गरिएको फिल्ममा कार्यकारी निर्माताका रुपमा राम बाबु गुरुङ र अपिल बिष्ट रहेका छन् भने फिल्मलाई मोहन गुरुङ, न्यू आइटी भेन्चर, किरण गुरुङ, केन्द्र लिम्बु, खुसीमान गुरुङ, सुरेन्द्र गुरुङ र सुर्य प्रकाश गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म जेठ १० गतेबाट दर्शनमा आउँदै छ ।