गायक ढकालको गीतमा सरोज खनाल

गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत ‘हावाको झोका’ सार्वजनिक भएको छ । विकास थापाले लेखेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । भिडियोमा अभिनेता सरोज खनालले अभिनय गरेका छन् । कवि हेम प्रभासले निर्देशन गरेको भिडियोमा कवि रिमा केसी, सुजन थापा र सविना आचार्यले पनि अभिनय गरेका छन् । निर्देशक हेमप्रभासको परिकल्पना तथा स्क्रिप्ट लेखन रहेको यो गीतको छायांकन मुकेश हुमागाईले गरेका हुन् ।