फिल्म आरुसीको ‘डाली’ सार्वजनिक

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘आरुसी’ को दोस्रो गीत ‘डालीमा हो डालीमा’ सार्वजनिक भएको छ । गीतमा सुसन साम्सोहाङ लिम्बु र सुम्निमा इङ्नामको स्वर रहेको छ । लय संग्रोलाको शब्द रचनामा विकास चौधरी संगीतबद्ध गीतमा कमल राईको नृत्य निर्देशन रहेको छ ।

उदय सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । नयाँ युवा पीडिको चाहाना बमोजिम टिनएजको कथा उठाएर यो पटक आफू प्रस्तुत भएको निर्देशक सुब्बाले बताए । फिल्ममा इशक राई, रमा लिम्बु, कला राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । इशकले यसै फिल्मबाट नायकको रुपमा डेव्यु गरेका हुन् । सार्वजनिक गीतमा इशक र रमा फिचार्ड छन् । फिल्म आगामी असार २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।