टिका प्रसाईंको ‘मेरो याद’

गायिका टिका प्रसाई र गायक राज पौडेलको स्वरमा रहेको गीत ‘मेरो याद’ सार्वजनिक भएको छ । गोत्र इन्टरटेनमेन्टको प्रस्तुतीमा राज पौडेलको पहिलो एल्बम ‘मेरो याद तिमीलाई’ मा समावेश गीतमा उमेश रेग्मीको शब्द, संगीत रहेको छ । सुनिल क्षेत्रीको कोरियोग्राफीमा ज्ञानेन्द्र शर्माको छायांकन, बिकास ज्ञवालीको सम्पादन रहेको भिडियोमा नायक निराजन प्रधान, अलिशा शर्मा, कबिता नेपाली, सुनिल क्षेत्री लगायत फिचर्ड छन् ।