‘विर विक्रम २’ को गीत ‘वाचा’ सार्वजनिक

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘विर विक्रम २’  को गीत ‘वाचा’ सार्वजनिक भएको छ । गीतमा तारा प्रकास लिम्बु र दीपा लामाको आवाज रहेको छ । लिम्बुकै संगीत रहेको गीतमा नरेश भट्टराईको संगीत रहेको छ । फिल्मका मुख्य कलाकार पल शाह र वर्षा सिवाकोटी फिचर्ड गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

 

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।