अन्तिम चरणमा ‘दाल भात तरकारी’ मोफसल यात्रा (फोटो फिचर)

फिल्म ‘दाल भात तरकारी’ टिम ११ दिनको मोफसल यात्राको अन्तिम चरणमा पुगेको छ । वैशाख २० गतेबाट प्रदर्शनमा आउने फिल्मले र्तामोडबाट कन्सर्ट सुरु गरेको थियो भने पोखरा पुगेर सम्पन्न गर्ने कार्यक्रम रहेको छ । हाल सम्म बिर्तामोड, दमक, इटहरी, हेटौडा, नारायनगड र बुटवलमा कन्सर्ट सम्पन्न भएको र भोली पोखरामा कार्यक्रम गरि मोफसल यात्रा टुंग्याउने निर्माण टिमको तयारी रहेको छ । कन्सर्टमा फिल्मका कलाकारहरु हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, पुष्प खड्का, शिवहरि पौडेल, विल्सन विक्रम राईका साथै गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको सहभागिता रहेको छ । फिल्म सुदन केसीको निर्देशनमा तयार भएको हो ।