आनन्दको ‘चुपचाप’ सार्वजनिक

नेपाली गजल ‘चुपचाप’ सार्वजनिक भएको छ । आनन्द कार्कीको आवाज रहेको गजलमा सुदन डोटेलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको छ । संगीतकार प्याकुरेलले नै निर्देशन गरेको भिडियोमा सारिका घिमिरे श्रीदेव भट्टराई लगायतको अभिनय रहेको छ । सुरेन्द्र श्रेष्ठको छायांकन रहेको भिडियो सम्पादन सुरेश राउतले गरेका हुन्।