किन हराउँदैछ अनुको हिरोइनमा अस्तित्व ?

अनु शाह अपरिचित नाम भने होइन । नेपाली फिल्ममा अभिनेत्री अनु शाहको नाम दर्शकलाई याद छ । तर, अनु शाह नेपाली फिल्ममा अपरिचित देखिन थालेकी छिन् । किनकी, अनुलाई फिल्मको अफर त छैन । उनले फिल्मको अफर नआउँदा म्यूजिक भिडियो नै खेलिरहेकी छिन् । तर, अनुले अभिनेता सविन श्रेष्ठसँग बिहे नै गरेको भन्ने खबर पनि आएका थिए । जसलाई दुबैजनाले अस्विकार पनि गरे पनि विवाह भने गरे कै हुन् । तर, अनु अहिले फिल्मी वृत्तबाट टाढा हुनुले यो कुरालाई फोकस गर्दैन र ?

अनु अभिनित फिल्म पसिनाको ट्रेलर रिलिज भएपछि चकित हुनेको संख्या पनि धेरै छ । किनकी, यो फिल्ममा अनु देखिएकी मात्र छिन् बोली अरुको नै छ । आखिर, अभिनेत्रीले फिल्मको ट्रेलरमा आफ्नो आवाज पनि किन नदिएकी होलिन् ?

अनु नेपालमै छिन् । तर, उनले फिल्ममा स्वर दिएकी छैनन् । अनुको अभिनयमा अरुले नै डबिङ गर्दा खल्लो सुनिएको छ । अनुले आखिर किन फिल्मबाट आफ्नो अस्तित्व मेटाउँदै लगेकी हुन् ? फिल्ममा उनको आवाज भैदिएको भए दर्शकलाई खल्लो लाग्थेन होला । तर, अनुले त्यसो गरिनन् ।

नेपाली फिल्ममा राम्रो स्थान बनाइसकेकी अनु अहिले किन टाढा हुन थालेकी हुन् ? दर्शकलाई त चासो लाग्ने भैहाल्यो नी ।