पत्रकार अनु ‘पसिना’ ट्रेलर

फिल्म ‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा गौरव पहारी, अनु शाहको साथमा कलाकारहरु सरोज खनाल, रवि गिरी लगायतलाई देख्न सकिन्छ । फिल्मले मजदुरको कथालाई देखाउन खोजेको छ । आर।बी खत्री शरदको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको फिल्ममा शान्ता ढकालको लगानी छ । संजय महत्तो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा नविन निरौला र भरत रेग्मीको सम्पादन, राम केसीको छायांकन, आशिश र शरदको पटकथा तथा संवाद छ । फिल्म बैशाख २७ गतेबाट प्रदर्शनमा आउदैछ।